एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज, १४ धावकहरूले भाग लिने

एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज, १४ धावकहरूले भाग लिने

केन्द्रबिन्दु
0
Shares

दराजले नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी हुने भएको छ । युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीमा सहभागी हुनुका साथै सहयाेग गर्ने भएको हो । 

एसियाली खेलकुद प्रवद्र्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ । म्याराथनमा कुल सहभागी मध्ये दराजबाट १४ धावकहरूले भाग लिदैँछन । 

म्याराथन शुक्रबार हुनेछ । यो पाटन दरबार स्क्वायरमा बिहान ६:३० बजेदेखि हुने छ। दौडमा पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स हुनेछ र यसले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै गर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर प्रदान गर्नेछ ।

एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागिओसिएको जारी प्रयास हो । एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रुअरी र मार्चमा हुने तय भएको छ भने ओसिएले पहिले नै गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्याण्ड, कुवेत र साउदी अरेबियामा ओभरसिज टुर सुरु गरेको थियो।

Logo