नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीले हात मिलाउन अस्वीकार गरेका छन् ।
आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत च्याम्पियन स्कटल्याण्डमाथि नेपालले ३ विकेटको जित दर्ता गरेपछि मैदान मा सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरेका हुन् । कुनैपनि खेल सम्पन्नपछि दुबै टोलीका खेलाडीले एक अर्कासँग हात मिलाउने संस्कार छ । तर स्कटल्यान्डका खेलाडीले अन्य खेलाडीसँग हात मिलाए पनि सबैभन्दा पछाडि रहेका सन्दीपसँग भने हात नमिलाएका हुन् ।
शुक्रबार टीयु क्रिकेट मैदानमा स्कटल्याण्डले जितका लागि दिएको २७५ रनको बलियो लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । खराव सुरुवात गरेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट पूनरागमन प्रदर्शन गरेका हुन् । सो खेलमा सन्दीपले ३ विकेट लिएका थिए ।





























प्रतिक्रिया