नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको थियो । बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।































प्रतिक्रिया