नेपालका ओपनर आशिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
शनिबार टियु क्रिकेट मैदानमा नामिबियाले दिएको २७४ रन पछ्याउने क्रममा ओपनर शेख र मल्लले नै अर्धशतक प्रहार गरेका हुन् । शेख र मल्लले समान ४८ बलमै अर्धशतक हानेका हुन् । जारी सिरिजमा उनीहरुेको यो पहिलो अर्धशतक हो ।
हाल नेपाल २२ ओभरमा एक विकेटको क्षतिमा ११३ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो खेलमा नामिबियाविरुद्ध नै शतक प्रहार गरेका ओपननर कुशल भुर्तेल भने एक रनमै आउट भए ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।





























प्रतिक्रिया