रासफोर्डकाे २ गोलप्रेरित म्यानचेस्टर युनाइटेडकाे सहज जित

रासफोर्डकाे २ गोलप्रेरित म्यानचेस्टर युनाइटेडकाे सहज जित

केन्द्रबिन्दु
0
Shares

मार्कस रासफोर्डले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । रासफोर्डले यो सिजन युनाइटेडका लागि २४ गोल गरिसकेका छन् ।

खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रासफोर्डले युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा फ्रेडको पासमा उनले अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा जाडोन सान्चोले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे । 

२४ खेलबाट युनाइटेडको ४९ अंक रहेको छ । टोली लिगको तेस्रो स्थानमा कायम रहेको छ । उता टोटनहम हटस्पर्सले भने वेस्ट ह्याम युनाइटेडलाई २–० ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

Logo