आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै

आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै

केन्द्रबिन्दु
6
Shares

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ।

काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ। यस अघि सम्पन्न खेलमा नामिबियाले आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने  स्कटल्याण्डले एक जित र एक हर बेहोरेको छ । स्कटल्याण्डले यस अघि खेलेको खेलमा नामिबियालाई १० विकेटले हराएको थियो।

यस सिरिजमा आयोजक रहेको नेपालले आफ्ना शुरुका तिनै खेलमा जित हासिल गरेर अपराजित गरेको छ। नेपालले अब सिरिजको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्ने छ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ र २०२३ को विश्वकप क्वालिफायरका लागि छनौट भइसेकोको छ। त्यस्तै नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नेपाल अहिले २७ खेल खेल्दै २४ अंकसहित छैटौं स्थानमा रहेको छ।

Skip This
Skip This
Logo