स्कटल्याण्डले आईसीसी लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएकाे स्कटल्याण्ड ४६.१ ओभरमा २१२ रन बनाउँदै अलआउट भएको हो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्शेले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । साथै म्याथ्यु क्रसले ४२ रन, ब्रेन्डन म्याकमुलनले ३१ रन, काइल कोट्जर र क्रिष्टाफर एमसीब्राइडले समान २२/२२ रन जोडे ।
स्कटल्याण्डलाई रोक्न बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । साथै करण केसीले ३ विकेट तथा कुशल मल्ल र ललित राजवंशीले एकएक विकेट लिए ।
आजको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सके नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । साथै विश्वकप लिग–टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया