नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीपको मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध सन्दीप सर्वोच्च अदालत गएका थिए। शुक्रबार भएको सुनुवाईमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले सन्दीपविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई पेश तोक्न आदेश दिएको थियो।
आइतबार उक्त पेशी न्यायाधीश मल्ल प्रधान र चुडालको संयुक्त इजलासमा परेपछि सन्दीपका वकिलको आग्रहमा बन्द इजलासमा सुनुवाइ सुरु भएको हो । बन्द इजलासमा सरकारी र सन्दीप पक्षका वकिल मात्र सहभागी छन् ।
युएई र पपुवा न्युगिनीविरूद्धको ओडिआई सिरिजका नेपाली टिम शनिबार युएई प्रस्थान गरिसकेकाे छ । नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा खेल्नेछ ।
६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए । सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए ।





























प्रतिक्रिया