युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ ।
नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो ।
हङकङ भने दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो ।





























प्रतिक्रिया