पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् । हालै घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक ओडिआई सिरिजमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

पपुवा न्युगिनीविरुद्ध हाल नेपालले १९ ओभरमा २ विकेटको क्षतिमा १०३ रन बनाएको छ । कुशललाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन् । अर्का ओपनर आशिफ शेख ४४ रनमा रन आउट भएका थिए । 

Skip This
Skip This
Logo