केपी ओली कपको फाइनल आज, सातदोबाटो र मछिन्द्र भिड्दै

केपी ओली कपको फाइनल आज, सातदोबाटो र मछिन्द्र भिड्दै

केन्द्रबिन्दु
0
Shares

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो । आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुदैँ आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुदैछ ।

नेकपा एमाले निकट युवा स‌‌घको आयोजनामा भईरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

Logo