मिलान ।
इटालियन सिरिए फुटबलको बिहीबार बिहान खेलिएको खेल ‘लिग लिडर’ युभेन्ट्स र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुवैका लागि निराशाजनक रह्यो। उक्त खेलमा बलियो युभेन्ट्स तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी काग्लिआरीसँग २–० गोलले पराजित भयो।
जारी सिजनको सिरिए उपाधि यसअघि नै जितिसकेकाले पनि युभेन्ट्सका लागि उक्त नजिता ठूलो घाटाको विषय बनेन। तर, युभेन्ट्सका पोर्चुगिज स्टार रोनाल्डोका लागि भने दुःखद रह्यो। ३५ वर्षीय रोनाल्डो यो सिजन सिरिएको सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जित्ने अभियानमा थिए।
तर, काग्लिआरीसँगको खेलमा गोल गर्न नसकेपछि रोनाल्डो यो अभियानमा निकै पछाडि परेका छन् । रोनाल्डो लाजियोका खेलाडी सिरो इम्मोबाइलभन्दा चार गोलले पछाडि छन् । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इम्मोबाइल ३५ गोलसहित पहिलो र रोनाल्डो ३१ गोलसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका इन्टर मिलानका रोमेलु लुकाकुले २३ गोल गरेका छन्।
जारी सिजनको सिरिएमा अब सबै टोलीले एक÷एक खेल मात्र खेल्न बाँकी छ। युभेन्ट्सविरुद्धको खेलमा काग्लिआरीका लागि लुका गाग्लियानो र जियोभानी सिमोनले एक÷एक गोल गरेका थिए। लाजियोले भने आफ्नो पछिल्लो खेलमा ब्रेसियालाई २–० गोलले हरायो। उक्त खेलमा पनि इम्मोबाइलले एक गोल गरेका थिए।अन्नपूर्णबाट































प्रतिक्रिया