नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएई २८ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको छ । नेपालको कसिलो बलिङका सामू युएई ब्याटरले खुलेर खेल्न सकिरहेका छैनन् ।
पहिलो ओभरको पाँचौँ बलमा ओपनर मुहम्मद वासिमलाई शून्य रनमै करण केसीले आउट गरेका थिए । त्यसपछि १३.४ ओभरमा स्पिनर सन्दीप लामिछानेले यूएईका वृत्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए । सन्दीप मंगलबार मात्र युएई पुगेका थिए ।
त्यसपछि आशिफ खान र सीपी रिजवानको बढ्दो साझेदारीलाई कुशल मल्लले तोडे । उनले २४.४ ओभरमा कप्तान रिजवानलाई २२ रनमा पेभेलियन फर्काए । अहिले क्रिजमा आशिफ र रोहन मुस्ताफा रहेका छन् ।
आजको खेल दुवै देशको ३०औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ ।





























प्रतिक्रिया