नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई)विरुद्ध खराव सुरुवात गरेको छ ।
बिहीवार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएईले दिएको २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ ओभरको समाप्तिमा ३ विकेट गुमाएको हो । नेपालका ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रनमै क्याचआउट हुन पुगे । त्यस्तै, दोस्रो ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल शून्य रनमै पेभेलियन फर्किए भने पाँचौ बलमा कप्तान रोहितकुमार पौडेल पनि शून्यमै आउट भए ।
अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् ।





























प्रतिक्रिया