नेपालका युवा अलराउण्डर कुशल मल्लले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।
बिहीवार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएईले दिएको २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् । यसले खराव सुरुवात गरेको नेपालको लागि केही राहत दिएको छ ।
नेपाल हाल १६ ओभरमा ५ विकेट गुमाउँदै ८५ रन बनाएर खेलिरहेको छ । क्रिजमा कुशललाई अर्का अनुभवी अलराउण्डर दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् ।
नेपालका ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रनमै क्याचआउट हुन पुगे । त्यस्तै, दोस्रो ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ल शून्य रनमै पेभेलियन फर्किए भने पाँचौ बलमा कप्तान रोहितकुमार पौडेल पनि शून्यमै आउट भए । साथै आशिफ शेख १७ रन तथा आरिफ शेख शून्यमै आउट भए ।
बलिङतर्फ जुनैद सिद्धिकीले २ विकेट तथा रोहन मुस्ताफा र सविर अलि र जाहुर खानले एकएक विकेट लिइसकेका छन् ।





























प्रतिक्रिया