सातदोबाटो युथ क्लवको मुख्य प्रायोजकमा रोयल ब्लु

सातदोबाटो युथ क्लवको मुख्य प्रायोजकमा रोयल ब्लु

केन्द्रबिन्दु
0
Shares

सातदोबाटो युथ क्लवले ए डिभिजन लिगलाई मध्यनजर गरी मुख्य प्रायोजकसँग सम्झौता गरेको छ ।  

बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी सोबारेमा जानकारी दिएको हो । यस वर्ष सात दोबाटो युथ क्लवले सागर डिस्टिलरी प्रा.लि.को रोयल ब्लुसँग मुख्य प्रायोजकको सम्झौता गरेको हो । 

सम्झौताको अवधि एक वर्षको रहनेछ । मुख्य प्रायोजकको रुपमा क्लवको नामसँग रायल ब्लु जोडिनेछ । क्लवको नाम रोयल ब्लु सातदोबाटो युथ क्लव रहनेछ । मुख्य प्रायोजकको रुपमा रोयल ब्लुलाई क्लवले जर्सी, खेल मैदान, क्लवका विभिन्न कार्यक्रमहरुमा प्रचारात्मक सहयोग गर्नेछ । 

ए डिभिजन लिग शुक्रवारबाट शुरु हुँदैछ । 

Logo