नेपाल क्रिकेट संघ(क्यान)ले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको हो । ८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेपछि क्यानले उक्त घोषणा गरेको हो ।
नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।





























प्रतिक्रिया