‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा फ्रेण्ड्स र खुमलटार भिड्दै

‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा फ्रेण्ड्स र खुमलटार भिड्दै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सुरु हुदैँछ। दशरथ रंगशालामामा साँझ साढे ५ बाट सुरु हुने उद्घाटन खेलमा खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन्। दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ। लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन्।

लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन्। गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजबाट खेल सुरु हुन लागेको हो।

लिगमा संकटा क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिमबीच यसपटक भिडन्त हुनेछ। एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ। यसपटक लिगको बिजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । 

Logo