स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।
बार्सिलोनाको जीतका लागि पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो । यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।





























प्रतिक्रिया