पपुवा न्युगिनीविरुद्ध पावर प्लेमा नेपाल विकेटविहीन

पपुवा न्युगिनीविरुद्ध पावर प्लेमा नेपाल विकेटविहीन

केन्द्रबिन्दु
0
Shares

नेपाल आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पावर प्लेमा विकेटविहीन बनेको छ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै बलिङमा उत्रिएको नेपाल पहिलो १० ओभरमा विकेटविहीन बनेको हो । तीव्र गतिका बलर सोमपाल कामी ५ ओभर खेल्दै विनाविकेट २७ रन दिए भने करण केसीले पनि समान ओभर खेल्दै १२ रन दिए । 

हाल पपुवा न्युगिनी १० ओभरमा ४१ रन बनाउँदै खेलिरहेको छ । क्रिजमा टोनी उरा र किप्लीन डोरिगा रहेका छन् । 

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको हो । जारी सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार व्यहोरेको थियो। 

Logo