पपुवा न्युगिनी आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पपुवा न्युगिनीले निर्धारित ४९.१ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको हो । नेपालको कसिलो बलिङका कारण पपुवा न्युगिनीका कुनै पनि खेलाडीले खुलेर प्रदर्शन गर्न सकेनन् ।
पपुवा न्युगिनीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन जोडे । साथै हिरी हिरीले ३१ रन, किप्लीन डोरिगाले २६ रन, गाउडी टोकाले १५ रन, नर्मन भनुआले १४ रन तथा कप्तान असाद भाला र सेसे बाउले समान ११/११ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सोमपाल र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । साथै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लको नाममा एकएक विकेट रह्यो ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको हो । जारी सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार व्यहोरेको थियो।





























प्रतिक्रिया