एएफसी एसियन कप छनोटः नेपाली टोली घोषणा

एएफसी एसियन कप छनोटः नेपाली टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम टोली घोषणा गरेको छ।

प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरूङले बन्द प्रशिक्षणमा रहेका २५ जनाबाट शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

नेपाल छनोटको समूह  ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ। पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ। नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । 

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा २०२४ को मार्च ३ देखि १६ सम्म  हुने यू(२० महिला एसियन कप खेल्नेछन्। यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

को को छन् छनोट टोलीमा
गोलकिपर – कविता विक, सावित्री किसान र लिला जोशी
डिफेन्डर – सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर – तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र सदिपा भोलन

Skip This
Skip This
Logo