सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लवले विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो ।
सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।
जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ ।
यसअघिको खेलमा त्रिभुवन आर्मी क्लव र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् ।





























प्रतिक्रिया