युएईलाई नेपालको मध्यम लक्ष्य

युएईलाई नेपालको मध्यम लक्ष्य

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो । नेपालका लागि युवा ब्याटर भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । उनले ९९ बलमा सर्वाधिक ७० रन जोडे । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो । साथै आरिफ शेख ४३ रनमा अविजित रहे । 

कुशल भुर्तेल घाइते भएपछि ओपनरका रुपमा आएका कुशल मल्लले ३२ रन, सन्दीप लामिछानेले २७ रन, करण केसीले १७ रन बनाए ।ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा अन्तिममा आएका प्रतिश जिसी ११ रनमै अविजित रहे । साथै ओपनर आसिफ शेख, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी सस्तैमा पेभेलियन फर्किए ।  

बलिङतर्फ युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक ३ विकेट लिए । साथै रोहन मुस्ताफा र आर्यन लाक्राले समान २/२ विकेट लिए भने कार्तिकको नाममा एक विकेट रह्यो । 

Logo