भक्तपुरको सल्लाघारीमा होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई पराजित गरेकी छन्।
सोमबार आयोजित उत्त रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराईन् भने रेस्लर भगवती खड्का ‘युनिका’ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाली ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारे। रिङसम्म पुग्न नेपाली ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए।
नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर)ले पाकिस्तानका अली खानलाई पाखा लगाए। जम्मा चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो। नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। वि।सं। २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो।





























प्रतिक्रिया