ए डिभिजन लिगः बुधबार तीन खेल हुने

ए डिभिजन लिगः बुधबार तीन खेल हुने

केन्द्रबिन्दु
0
Shares

हिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र  एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । पुलिस पहिलो जितको खोजीमा हुनेछ । यता हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । दुबै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए । 

दशरथ रंगशाला  हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । पहिलो जितको खोजीमा रहेका दुबै टोलीले पहिलो खेल बराबरी खेलेका थिए ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । 

लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको लिगमा  विजेताले ७५ लाख पुरस्कार पाउने छ । 

Skip This
Skip This
Logo