शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । तेस्रो चरणमा आज दुई वटा खेल हुनेछ ।
जसमा एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ भने हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।
यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् ।





























प्रतिक्रिया