युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, ५ ओभरमै चौथो सफलता

युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, ५ ओभरमै चौथो सफलता

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । 

टीयु क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले पाँच ओभरमै ४ विकेट गुमाएको हो । स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काए भने तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे ।

साथै चौथो ओभरको चौथो बलमा राजवंशीले मोहम्मद वासिमलाई र पाँचौ ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई ६ रनमा पेभेलिएन फर्काए । 

Logo