पपुवा न्युगिनीले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा अलआउट हुँदै ९५ रन जोडेको हो । नेपालको कसिलो बलिङ र फिल्डिङमा पिएनजीका खेलाडी खुलेर किजमा टिक्न सकेनन् । पिएनजीका कप्तान आसाद भालाले २० रन, सेसे बाउले १८ रन, चाल्र्स अमिनीले १६ रन तथा हिरि हिरिले १४ रन जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा पेभेलिय फर्किए ।
बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट दिलाए । उनी पछिल्लोसमय उत्कृष्ट लयमा छन् । उनले प्रत्येक खेलमा नेपाललाई महत्वपूर्ण विकेट दिलाएका छन् । त्यस्तै, ललितनारायण राजवंशी र कुशल मल्लले समान २/२ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा पीएनजीसँग जित्नै पर्ने दबाब छ ।आजको खेलमा जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ ।





























प्रतिक्रिया