नेपालले पावर प्लेमै कीर्तिमानी जित हात पार्दा टीयु मैदानमा जे देखियो [तस्विरमा]

नेपालले पावर प्लेमै कीर्तिमानी जित हात पार्दा टीयु मैदानमा जे देखियो [तस्विरमा]


आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध नौ विकेटको कीर्तिमानी जित निकालेको छ । 

टीयु क्रिकेट मैदानमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गरेका हो । विकेटको हिसाबमा नेपालको यो जित सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।

May be an image of 3 people, people standing, people playing sports and textनेपालको जितमा कुशल भुर्तेल र आशिफ शेखले बिष्फोटक ब्याटिङ गरे । आशिफले ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटरसमेत हुन् । उनले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाएका हुन् । 

May be an image of 2 people, people standing and textसाथै बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चेका थिए । 

May be an image of 3 people, people standing and outdoorsनेपाल चौथो स्थानमा रहँदै आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरिसकेको छ । अब नेपालले लिग–२को अन्तिम खेलमा बिहीवार युएईसँग खेल्नेछ । उक्त खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर पाउनेछ । पछिल्लो खेलमा नेपालले युएईमाथि १ सय ७७ रनको सानदार जित हात पारेको थियो । 

May be an image of 3 people, people standing, people playing sports and text

May be an image of 7 people, people standing, outdoors and text that says 'CAN NEPAL'

May be an image of 12 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 10 people, people standing, people playing football and outdoors

May be an image of 1 person, playing a sport and text

May be an image of 1 person, standing and outdoors

May be an image of one or more people, people standing and crowd

May be an image of 2 people, people standing and outdoors

May be an image of one or more people, people standing, outdoors and text that says 'CAN'

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 12 people, people standing, people playing sports and text that says 'CAN KFC PAVILIO 54 faNES 6 S AGUE AGUE2 2 My अब हरेक Da'

May be an image of 8 people, people standing and outdoors

तस्विर स्राेत- क्यान

Logo