२०२६ फिफा विश्वकपः ४८ टोलीको सहभागिता रहने

२०२६ फिफा विश्वकपः ४८ टोलीको सहभागिता रहने


सन् २०२२ सम्मको विश्वकपमा कूल ३२ टोलीले सहभागिता जनाउँथे । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो ।

तर, सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । उक्त विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउने पाउनेछन् । जसमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली रहनेछन् । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिको तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्दैछ ।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ । समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ । १६ सहरमा विश्वकप आयोजना हुनेछ । २०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् ।

Logo