यूएईलाई हराए नेपालले सोझै खेल्नेछ विश्वकप छनौट [भिडियाेसहित हेर्नुहाेस्]

यूएईलाई हराए नेपालले सोझै खेल्नेछ विश्वकप छनौट [भिडियाेसहित हेर्नुहाेस्]

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट अहिले कुनै पर्व उत्सवभन्दा कम भएको छैन । लगातारको जित र खेलाडीको उच्च मनोबलका कारण नेपाली क्रिकेट अहिले विश्वकप छनौटको महायात्रामा लगातार अघि बढिरहेको छ । खेल मैदानभित्र र बाहिर उत्सवको लहर छाएको छ । प्रशिक्षक, खेलाडी र फ्यान सबै हर्सोल्लासका साथ रमाई रहेका छन् । बिहिबारको खेलमा यदि नेपालले खेल हारेको अवस्थामा के हुन्छ ? र यदि खेल जिति नै हाल्यो भने पनि विश्वकप छनौट खेलमा टेस्ट राष्ट्रहरुसँग नेपालले खेल्न पाउनेछ त ? 

यदि नेपालले सिरिजको अन्तिम खेलमा यूएईलाई हराउन सफल भएमा नेपाल ओडिआई इतिहासमै पहिलो पटक विश्वकप छनौट खेल्न सफल हुनेछ । 

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपालले बिहीवार यूएईविरुद्ध खेल्दैछ । नेपालको सो खेल धेरै अर्थमा महत्वपूर्ण छ । यदि नेपालले सिरिजको अन्तिम खेलमा यूएईलाई हराउन सफल भएमा नेपाल ओडिआई इतिहासमै पहिलो पटक विश्वकप छनौट खेल्न सफल हुनेछ । 

७ टोली सम्मिलित सिरिजमा नेपाल ३५ खेल खेल्दै १८ खेलमा जित र १५ खेलमा हार बेहोर्दै ३८ अंकका साथ चौथो स्थानमा रहेको छ । यस्तै, स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिकाले सबै ३६ खेल खेल्दै क्रमश ५०, ४४, ३९ र ३५ अंक लिएर पहिलो, दोस्रो, तेस्रो र पाँचौ स्थानमा अटाएका छन् । यस्तै छैठौँ स्थानको यूएईले ३४ खेल खेल्दै ३१ अंक जोड्दा पुछारमा रहेको पपुवा न्युगिनीले ३५ खेलबाट ११ अंक जोडेको छ । सिरिजको अन्तिम खेलमा जित निकाल्नु बाहेक नेपालका अघि अन्य कुनै विकल्प छैन । 

नेपालले ओडिआई क्रिकेटमा ४ वर्षका लागि आफ्नो मान्यता सुरक्षित गरेपछि अहिलेको मुख्य लक्ष्य नै विश्वकप छनौट खेल्नु हो ।

नेपालले ओडिआई क्रिकेटमा ४ वर्षका लागि आफ्नो मान्यता सुरक्षित गरेपछि अहिलेको मुख्य लक्ष्य नै विश्वकप छनौट खेल्नु हो । यसैबीच नेपालका लागि बिहीवार हुने यूएई विरुद्धको खेलमा जित निकाल्नु बाहेक अन्य नतिजा स्विकार्य हुन सक्दैन् । लगातार ३ खेल हारिसकेको अवस्थामा नेपालका लागि अनुबन्ध गरिएको भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपालले खेलेका ११ खेलमध्ये १० खेलमा जित निकालेको छ । नेपाली क्रिकेटमा सधैंको समस्याको रुपमा रहेको ब्याटिङलाई सुधार गर्न र लामो समय नेपाली क्रिकेटको बागडोर सम्हाल्नका निम्ती नेपाल क्रिकेट संघ(क्यान)ले प्रशिक्षक खोजिरहेको अवस्थामा भारतीय ब्याटिङ स्पेस्लिस्ट मोन्टी देसाइलाई भित्रयाएको थियो । उनको आगमनभन्दा अघि अर्का भारतीय नागरिक मनोज प्रभाकर नेपालका मुख्य प्रशिक्षक थिए । तर टोली ब्यवस्थापनमा मनपरी निर्णय गरेको भन्दै क्यानले उनलाई प्रशिक्षकको पदबाट हटाएको थियो । 

अहिलेको अवस्थामा नेपाली क्रिकेटको सबैभन्दा फेरिएको विषय भनेकै टोलीमा देखिएको आत्मविश्वास र ब्याटिङ अर्डरमा परिवर्तन हुनु हो । 

राष्ट्रिय खेलकुद प्रशिक्षण(राखेप)ले अनुबन्ध नगर्दै नेपाली क्रिकेट टोलीलाई बन्द प्रशिक्षण गराएका मोन्टीले फागुन २ देखि ९ गतेसम्म सञ्चालित नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित एकदिवसीय सिरिजमा नेपाललाई ऐतिहासिक क्लिन स्विप जित दिलाएका थिए । नेपाल घरेलु मैदानमा पुनः सोही क्षणलाई दोर्होयाउने दाउमा छ । तर यस पटक प्रतिद्धन्द्धीका रुपमा नेवालका सामु यूएई आएको छ  । अहिलेको अवस्थामा नेपाली क्रिकेटको सबैभन्दा फेरिएको विषय भनेकै टोलीमा देखिएको आत्मविश्वास र ब्याटिङ अर्डरमा परिवर्तन हुनु हो । 

विश्वकप छनौट खेल्न त परै जाओस एक समय नेपाली क्रिकेट टोली एकदिवसीय मान्यतालाई जोगाइराख्न पनि असक्षम हुने पक्का जस्तै देखिएको थियो । तर संकटमोचकका रुपमा नेपाली क्रिकेट टोलीको जिम्मेवारी सम्हालेका मोन्टीले कमजोर ब्याटिङ अर्डरमा आमुल परिवर्तन ल्याइदिए । मुख्य प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि टोलीमा धेरै सकारात्मक परिवर्तनहरु आएको प्रत्यक्ष देखिएको छ । ती सकारात्मक परिवर्तनहरुमा ‘टीम यूनिटी’ र खेलाडीको प्रदर्शन नै मुख्य हुन् । नेपालले खेलेका तीन भिन्न–भिन्न श्रृंखलामा फरक–फरक खेलाडीहरुले उच्च प्रदर्शन गरेका थिए । मैदानमा कहिले ओपनर चम्किए त कहिले मध्य क्रमका खेलाडीले इनिङ धाने त्यो पनि धर्मराएको अवस्थामा तल्लो क्रमका खेलाडीहरूले ‘म्याच विनिङ’ प्रदर्शन गरेका थिए । मोन्टी पनि नेपाली खेलाडीको लगातारको सफलता र फ्यानहरुको उत्साहपूर्ण सहभागिताका कारण प्रफुल्ल देखिएका छन्। 

नेपालले टी–२० विश्वकपको क्वालिफायर राउण्ड खेलको पनि ९ वर्ष भइसकेको छ । नेपालले सन् २०१४ मा टी–२० विश्वकपको क्वालिफायर खेलेको थियो । सो क्वालिफायरमा नेपालले अफ्गानिस्तान र यूएईलाइ हराएउदै बलियो बंगलादेशलाई नजिकबाट चुनौती दिएको थियो । सो संस्करणको विश्वकपमा नेपाली टोलीका  पारस खड्का, शक्ती गौचन र जितेन्द्र मुखियालगायत खेलाडीहरु नायक बनेका थिए । जारी सिरिजमा कप्तान रोहित पौडेल, ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल तथा स्पिनर सन्दीप लामिछाने जस्ता खेलाडीहरु नायक बनेर अघि आएका छन् । यी खेलाडीहरुले प्रत्येक खेलमा आफ्नो महत्वपूर्ण उपस्थिती जनाउँदै आएका छन् । 

सन्दीप लामिछाने वर्ष २०२३ मा सबैभन्दा धेरै विकेट खेलाडी बनेका छन् । सन्दीपले एकदिवसीयमा राशिद खानले बनाएको कम खेल खेल्दै धेरै विकेट लिने खेलाडीको रेकर्ड तोड्नबाट २ विकेटले मात्र टाढा छन् । यस्तै आसिफ शेख पनि वर्ष २०२३ मा ओडीआई क्रिकेटमा सबैभन्दा धेरै रन ल्याउने खेलाडीको दोस्रो नंबरमा आएका छन् । जारी सिरिज क्लिन स्विप गर्दै ओडीआई र विश्वकप छनौट खेल्ने सपना बुनेको यूएई ती दुबै अवसरबाट बाहिरिएपछि नेपालको विश्वकप छनौट खेल्ने सपनालाई तुसारापात बनाउन हर सम्भव प्रयास गर्नेछ । यता नेपाल पनि घरेलु भुमि र समर्थकको फाइदा उठाउँदै लिग क्लिन स्विप गर्न चाहन्छ । 

बिहीवार सबै नेपाली खेलप्रेमीहरुको नजर टीयु मैदानमा हुनेछ ।

पिएनजीसँग लगातार ४ खेल हारेको यूएई अन्तिम खेलमा जित निकाल्दै घर फर्कन चाहन्छ । बिहीवार सबै नेपाली खेलप्रेमीहरुको नजर टीयु मैदानमा हुनेछ । यूएई आफ्नो पहिलो खेलको हार, विश्वकप छनौट खेल्न नपाएको पिडा र एकदिवसीय मान्यता नपाएको झोकमा मैदान उत्र्नेछ भने नेपाल कुनै पनि हालतमा यूएईलाई हराएर घरेलु समर्थक अघि जित निकाल्दै विश्वकप छनौट खेल्नमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । यदि नेपालले यस्तो गर्न सकेको खण्डमा नेपालले विश्वकपको छनौट खेलमा टेस्ट मान्यता राष्ट्र श्रीलंका, दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्नेछ । तर त्यो भन्दा पहिले नेपालले बिहिवार हुने खेलमा शतप्रतिशत जित निकाल्नुपर्नेछ । यदि यस्तो भएको खण्डमा नेपाली क्रिकेट इतिहासमै पहिलो पटक विश्वकप छनौट खेल्न नेपाल जिम्बाबेको यात्रा गर्नेछ । विश्वकप छनौट खेल यसै वर्ष जिम्बाबेमा १८ जुनदेखि ९ जुलाईसम्म सञ्चालन हुनेछ ।  

Logo