नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा युएईविरुद्ध चौथो सफलता मिलेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२८ रन बनाएको हो । नेपाललाई चौथो सफलता दिलाउन दीपेन्द्रसींह ऐरीले आयान अज्फल खानलाई ३ रनमा क्याच आउट गराए ।
साथै तेस्रो सफलता दिलाउन युएईका सीपी रिजवान ७ रनमा रनआउट भएका थिए ।
त्यसअघि युएईका कप्तान मोहम्मद वासिमले आक्रामक अर्धशतक प्रहार गरेका थिए । उनी ४९ बलमा ६३ रन बनाउँदै आउट भए । उनलाई स्पिनर सन्दीप लामिछानेले एलबीडब्लूमा आउट गराएका हुन् । त्यस्तै, ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गरेका थिए ।





























प्रतिक्रिया