अशिफ खानको आक्रामक शतकमा नेपाललाई युएईको विशाल लक्ष्य

अशिफ खानको आक्रामक शतकमा नेपाललाई युएईको विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

युएईले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम घरेलु टोली नेपालविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो । ओडिआई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । युएईका लागि सातौँ नंबरमा मैदानमा छिरेका अशिफ खानले सानदार शतक प्रहार गरे । उनले ४२ बलमा १०१ रन बनाएका हुन्  । साथै युवा ब्याटर वृत्य अरविन्दले पनि ९४ रन जोडे । 

साथै युएईका कप्तान मोहम्मद वासिम ६३ रनको अर्धशतकीय इनिङ्स खेलेर पेभेलियन फर्किएका थिए । रोहन मुस्ताफाले २० रन जोडे । 

बलिङतर्फ नेपालका दीपेन्द्रसींह ऐरीले २ विकेट तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र सोमपाल कामीले एकएक विकेट लिए । सन्दीपले १० ओभरको खेलमा ८० रन खर्चिए । 

आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ। यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

Logo