नेपालका अलराउण्डर आरिफ शेखले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि अलराउण्डर आरिफले ६० बलमा अर्धशतक बनाएका हुन् । उनलाई क्रिजमा गुल्सान झाले साथ दिइरहेका छन् ।
यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल र युवा व्याटर भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । भुर्तेल ५ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन बनाउँदै पवेलियन फर्किए भने सार्की ६७ रनमा आउट भए ।





























प्रतिक्रिया