नेपालका बलर गुल्सान झाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि सातौँ नबंरमा आएका गुल्सानले महत्वपूर्ण अर्धशतक प्रहार गरेका हुन् । उनले युएईका मोहम्मद वासिमलाई एकै ओभरमा २० रन प्रहार गरेका थिए । उनको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो ।
हाल नेपाल ४३ ओभरमा ६ विकेट गुमाउँदै २६७ रन बनाएर खेलिरहेको छ ।
यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल, आरिफ शेख र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग -२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।































प्रतिक्रिया