आर्सनल युरोपा लिगबाट बाहिरियो

आर्सनल युरोपा लिगबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल युरोपा लिगबाट बाहिरिएको छ। 

पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो। इमिरेट्स स्टेडियम लन्डनमा गएराती भएको दोस्रो लेगमा १–१ गोलको बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो। 

टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डो स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे। आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गर्दा गाब्रिएल मार्टिनेलीले गोल गर्न चुकेका थिए।

त्यसअघि खेलको १९ औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई सुरूआती अग्रता दिलाए। तर ६२ औं मिनेटमा पेड्रो गोन्कालभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

अतिरिक्त समयको अन्तिमतिर स्पोर्टिङ १० खेलाडीमा समेटियो। म्यानुएल युगार्टे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन।

Skip This
Skip This
Logo