नेपालको एकदिवसीय वरीयतामा सुधार, ओमानलाई पछि पार्‍यो

नेपालको एकदिवसीय वरीयतामा सुधार, ओमानलाई पछि पार्‍यो

केन्द्रबिन्दु
0
Shares

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान  सुधार गरेको छ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लेको हो । गत सातामात्र नेपाल १६औँ स्थानमा उक्लेको थियो । नेपालले ओमानलाई पछि पारेको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत गत साता काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएपछि वरीयतामा पनि सुधार भएको हो । 

एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । 

त्यस्तै, भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । 

Skip This
Skip This
Logo