प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपाली टिमकाे घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा हुने प्रतियोगिताका लागि ७ जना नयाँ अनुहार समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले जारी 'ए' डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडीकाे पहिचान गरी टिम तयार पारेका हुन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
प्रतियाेगितामा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन् । तीन राष्ट्रहरुले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल हुनेछ । उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने पनि एन्फाले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेकिरी डलर गरी कुल ९ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ ।
नेपाली टोली –
गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी





























प्रतिक्रिया