लाओसविरूद्ध नेपालको यस्तो छ प्लेइङ-११

लाओसविरूद्ध नेपालको यस्तो छ प्लेइङ-११

केन्द्रबिन्दु
0
Shares

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज लाओसविरुद्ध खेल्दैछ । 

दशरथ रंगशालामा केही बेरमा सुरु हुन लागेको खेलमा नेपालबाट नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्दैछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक भिंसेंजो अल्बर्टो एनीसले समेटेको नयाँ अनुहारमा उनीहरुले डेब्यू गर्न लागेका हुन् । 

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। फिफा वरियतामा नेपाल १७५ र लाओस १८७ स्थानमा छन्।   

नेपालको प्लेइङ-११ 
किरणकुमार लिम्बू (कप्तान, गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द ।

Logo