लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपालले प्रधानमन्त्री थ्री-नेसन्स कपमा लाओसविरुद्ध अग्रता लिएको छ । 

दशरथ रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफको खेल सकिँदा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको हो । नेपालका लागि खेलको ३०औं मिनेटमा डिफेन्डर अनन्त तामाङले गोल गरेका हुन् । एरिक विष्टको कर्नरमा उनले हेडरमार्फत गोल गरेका हुन् ।

नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। फिफा वरियतामा नेपाल १७५ औं र लाओस १८७ औं स्थानमा छन्। प्रतियोगितामा भुटान पनि रहेको छ ।  

Logo