विश्वकप ग्लोबल क्वालिफायरका लागि छनौट भइसकेको नेपाली क्रिकेट टोलीले अब अप्रिल अर्थात वैशाख महिनामा एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिता खेल्नेछ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ । नेपाल यो प्रतियोगितामा प्रथम हुन सकेमा एसिया कपमा सोझै छनौट भई इन्डिया तथा पाकिस्तानलगायत देशहरुसँग खेल्ने मौका पाउनेछ ।
प्रतियोगितामा प्रथम हुन सकेमा एसिया कपमा सोझै छनौट भई इन्डिया तथा पाकिस्तानलगायत देशहरुसँग खेल्ने मौका पाउनेछ ।
एसिया कप तथा एसिया इमर्जिङ कपको छनौटका रुपमा रहेको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोली एसिया कपका लागि सोझै छनौट हुनेछ । प्रतियोगिताबाट च्याम्पियन बनेको टोली विश्व विजेता भारत र पाकिस्तानविरुद्ध एसिया कपमा भिड्नेछ ।

उच्च मनोबलका साथ अघि बढिरहेको नेपाली क्रिकेट टोली प्रतियोगिताको च्याम्पियन बन्दै सोझै एसिया कपमा प्रवेश गर्न चाहन्छ ।
वैशाख ११ गतेदेखि सुरु हुने प्रतियोगिताका सबै खेल त्रिवि मैदान र मुलपानी क्रिकेट रंगशालामा हुनेछ । हालै सम्पन्न आइसीसी विश्वकप लिग–२ प्रतियोगिमा नेपालले १२ खेलमध्ये ११ खेलमा जित निकाली उच्च मनोबलका साथ अघि बढिरहेको छ । उच्च मनोबलका साथ अघि बढिरहेको नेपाली क्रिकेट टोली प्रतियोगिताको च्याम्पियन बन्दै सोझै एसिया कपमा प्रवेश गर्न चाहन्छ ।
वैशाख ११ देखि २५ गतेसम्म १५ दिन चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसलाई आइसीसीले समुह ए र समुह बी गरी २ समुहमा विभाजन गरेको छ । समूह ‘ए’ मा नेपालसहित कुवेत, कतार, साउदी अरेबिया र युएई रहेका छन् भने समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल खेलाइनेछ ।
एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो लागेको छैन ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो लागेको छैन ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।































प्रतिक्रिया