युरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण

युरोकप २०२४ का लागि यी २४ टोली छानिने प्रवल सम्भावना, यस्तो छ समिकरण

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२४ को छनौट खेल हिजो विहिबारदेखि शुरु भएको छ । प्रत्येक ४–४ वर्षमा आयोजना हुने युरोकप युरोप महादीपकै सबैभन्दा ठुलो प्रतियोगिता हो । जहाँ ५३ राष्ट्रहरुलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उपविजेता सोझै वर्ष २०२४ को युरोकपका लागि छनौट हुनेछन् । जसमा २४ टोली हुनेछन् । बाँकी ३ टोलीको छनौट प्लेअफबाट हुनेछ ।  

युरोकपका खेलहरु २३ मार्चबाट सुरु भई २१ नोभेम्बरसम्म चल्नेछ । ५३ टोली सहभागी प्रतियोगितामा समुह ‘ए’ मा स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया र साइप्रस परेका छन् भने समुह ‘बी’ मा नेदरल्यान्ड्स, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रीस र जिब्राल्टर परेका छन् । यस्तै, समुह ‘सी’ मा इटाली, इंग्ल्याण्ड, युक्रेन, नर्थ म्यासेडोनिया र माल्टा रहेको छ । यस्तै, समूह ‘डी’ मा क्रोएसिया, वेल्स, आर्मेनिया, टर्की र लाटभिया छन् । समूह ‘ई’ मा पोल्याण्ड, चेक रिपब्लिक, अल्बानिया, फारो आइसल्याण्ड र मोल्डोभा छन् । समूह एफमा बेल्जियम, अस्ट्रिया, स्विडेन, अजरबैजान र इस्टोनिया छन् भने समूह जी मा हंगेरी, सर्बिया, मोन्टेग्रो, बुल्गेरिया र लिथुआनिया रहेका छन् । 

विहीबार भएको पहिलो खेलमा स्लोभानियाले काजाकिस्तानलाई २–१ गोलले हरायो । यस्तै, दोस्रो खेलमा स्लोभाकिया र लग्जम्बर्गले बराबरी खेले । तेस्रो खेलमा साविक विजेता इटालीलाई इङ्ल्यान्डले २–१ ले हराउदै विजयी सुरुआत गरेको छ । 
यस्तै, गएराती नै भएको चौंथो खेलमा डेनमार्कले फिन्डल्याण्डलाई ३–१ गोलले पराजित गर्दा वर्ष २०१६ को युरोकप विजेता पोर्चुगलले लिक्टेनस्टाइनलाई ४–० ले हराएको छ । छैटौँ खेलमा सान मारिनोलाई नर्डन आइरल्याण्डले २–० गोलले पराजित गरेको गरेको छ । यस्तै, हिजो भएको सातौँ खेलमा नर्थ म्यासेडोनियाले माल्टालाई २–१ ले पराजित गर्दा आठौँ तथा अन्तिम खेलमा बोस्निया एण्ड हर्ज गोभिनाले आइसल्याण्डलाई ३–० ले हराउदै विजयी भएको छ । 

साथै आज राति पनि आठ खेलहरु हुनेछन्, जसमा पहिलो खेल बुल्गेरियाले मोन्टेग्राविरुद्ध खेल्दै सुरु गर्नेछ । यस्तै, दोस्रो खेलमा जिब्राल्टरले ग्रिसको सामना गर्दा मोल्टेभाले फरेस आइसल्याण्डको सामना गर्नेछ । चौथो खेलमा सर्वियाले लिथुनियाको सामना गर्दा पाचौं खेलमा अट्रियाले अजरबैजनको सामना गर्नेछ । 

यस्तै, छैटौँ खेलमा स्विडेनले बेल्जियको सामना गर्दा चेक रिपव्लिकले पोल्याण्डसँग खेल्नेछ । दोस्रो दिनको अन्तिम खेलमा विश्व उपविजेता फ्रान्सले नेदरल्याण्डको सामना गर्दै युरो २०२३ को छनौट यात्रा सुरु गर्नेछ । 

यसपटक सबै ठूला भनिएका टोलीहरु सहज समूहमा परेका छन् । स्पेनले समुह ए टप गर्ने अवसर पाउँदा समूह बी मा फ्रान्स र नेदरल्यान्ड् र समुह सी मा इटाली र इङ्ल्याण्डमध्ये को पहिलो हुने प्रतिस्पर्धा चल्नेछ । यस्तै, समूह डी मा क्रोयसिया र वेल्सबीच शिर्ष स्थानका लागि कडा प्रतिस्पर्धा हुने पक्का देखिन्छ । 

साथै समूह इ मा चेक रिपब्लिक र समूह एफमा बेल्जियम शिर्ष स्थान ओगट्ने प्रवल सम्भावना रहेको छ । यसैगरी समूह जीमा सर्विया, एचमा डेनमार्क यसैगरी समूह आईमा स्विटजरल्याण्ड शिर्ष स्थानमा आउने प्रवल सम्भावना रहँदा पोर्चुगल समूह जेमा शिर्ष स्थान बनाउँदै वर्ष २०२४ का लागि युरोकपका लागि छनौट हुने आकंलन गर्न सकिन्छ । यद्यपी यसका लागि अन्तिम नतिजा नै कुर्नुपर्छ । 
 
यी हुन् यूरो २०२४ का १० समूह
समूह एः स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस 
समूह बीः नेदरल्यान्ड्स, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रीस, जिब्राल्टर
समूह सीः इटाली, इंग्ल्याण्ड, युक्रेन, नर्थ म्यासेडोनिया, माल्टा
समूह डीः क्रोएसिया, वेल्स, आर्मेनिया, टर्की, लाटभिया
समूह ईः पोल्याण्ड, चेक रिपब्लिक, अल्बानिया, फारो आइल्याण्ड, मोल्डोभा
समूह एफः बेल्जियम, अस्ट्रिया, स्विडेन, अजरबैजान, इस्टोनिया
समूह जीः हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुआनिया
समूह एचः डेनमार्क, फिनल्याण्ड, स्लोभेनिया, काजाकिस्तान, उत्तरी आयरल्याण्ड, सान मारिनो
समूह आईः स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा
समूह जेः पोर्चुगल, बोस्निया एण्ड हर्जगोभिना, आइसल्याण्ड, लक्जमबर्ग, स्लोभाकिया, लिचेन्स्टाइन 

Logo