बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त

बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त

केन्द्रबिन्दु
0
Shares

 जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् ।

पछिल्लोपटक बायर लेभरकुसेनसँग २-१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए। लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो। 

नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै आएका  थिए। उनको प्रशिक्षणमा बायर्नले गत सिजनकाे बुन्डेस लिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँ पटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। युलियनको बर्खास्ती पछि बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने सम्भावना देखिएको छ ।

Logo