विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग पराजित भएको छ।
आज बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए।
हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो। अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ।





























प्रतिक्रिया