साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिष्पर्धा गर्दैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट शुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।
यसअघिको खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।































प्रतिक्रिया