थ्री नेसन्स कप फुटबलमा आज भुटानको सामना गर्दै नेपाल

थ्री नेसन्स कप फुटबलमा आज भुटानको सामना गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटान खेल्दै छन् । खेल साँझ ६ बजेदेखि शुरु हुनेछ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । 

Logo