युरोकप छनौटमा क्रोसिया र वेल्स विजयी

युरोकप छनौटमा क्रोसिया र वेल्स विजयी


युरोकप छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा क्रोसियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको छ । क्रोसियाको जितमा दुवै गोल माटेओ कोभाकिकले गरेका हुन् । उनले दुवै गोल खेलको पहिलो हाफमा गरेका थिए ।

यो जितपछि क्रोसियाको समुह डी मा २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी यस समुहमा अर्मेनिया र लात्भिया भने २-२ खेल खेलेर अंकविहिन रहेका छन्।

त्यस्तै यसै समुहमा रहेको वेल्सले लात्भियालाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । वेल्सको पनि २ खेलमा ४ अंक भएको छ ।

Logo