मैत्रीपूर्ण खेलमा बेल्जियमकाे जर्मनी माथि सहज जित

मैत्रीपूर्ण खेलमा बेल्जियमकाे जर्मनी माथि सहज जित

केन्द्रबिन्दु
0
Shares

बेल्जियमले मैत्रीपूर्ण खेलमा जर्मनी माथि सहज जित निकालेको छ। जर्मनीको घरेलु मैदानमा भएको खेलमा  बेल्जियमले जर्मनीलाइ ३-२ गोल अन्तरले पराजित गरेकाे छ ।  

खेलको पहिलो ९ मिनेट भित्र २ गोल गर्दै बेल्जियमले घरेलु टोलीलाई दबाबमा राखेको थियो। उसका लागि छैटौं मिनेटमा क्यारास्कोले गोल गर्दा नवौं मिनेटमा रोमेलु लुकाकुले अग्रता दोब्बर पारेका थिए। तर खेलको ४४ औँ मिनेटमा निक्लास फुलक्रगले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको जर्मनीले गोल गर्ने केही राम्रा मौका गुमाएकाे हाे । यसअघि शुक्रबार युरो २०२४ को छनोट खेलमा लुकाकुले ह्याट्रिक गरेपछि स्वीडेनमाथि ३-० को सहज जित निकालेको थियो। बेल्जियमको यो चार दिनमा दोस्रो जित हो। 

Skip This
Logo