प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४-१ ले पराजित गरेको छ । यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि पुन: ८ अंकको अग्रता कायम राखेको छ ।
शनिवारै भएको खेलमा सिटीले लिभरपुललाई ४-१ ले नै हराएको थियो । घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
चोटबाट पुनरागमन गरेपछि जेसलले पहिलो पटक लिगमा गोल गरेका हुन्। जेससले अक्टोबरपछि पहिलो गोल गरेका हुन् । जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । २८ खेलबाट ६४ अंकसहित सिटी दोस्रो स्थानमा छ ।





























प्रतिक्रिया